Notice
अन्य पर्यटकीय स्थलहरू
नगरपालिका क्षेत्रभित्र दृश्यावलोकन, मनोरञ्जन तथा पिकनिक आदिको रमाइलो लिन सकिने धेरै स्थलहरू छन् । ऐतिहासिक धनकुटा गौंडा, हिले बजार, बिहीबारे साप्ताहिक हाटबजार, श्रीपञ्चमी पार्क, थामडाँडा, ऐतिहासिक भाषा स्कूल, गोकुण्डेश्वर मा.वि, गुराँसे र नारायणी टी स्टेट, निशान भगवती, क्षेत्रीय संग्रहालय, धनकुटा बजार, सल्लेरी वन, महेन्द्र पार्क, भीमनारायण पार्क, मेजर पाटी, टुँडिखेल र धरहरा, ऐतिहासिक बाउन्न ढोके दरबार, घुमाउने चौतारा, सेती गङ्गा तथा चुलीबन यस्ता उदाहरणहरू हुन् ।


क्षेत्रीय संग्राहलय     
 
(संग्राहलय भित्रको दृश्य)

क्षेत्रीय संग्राहलय पूर्वाञ्चल विकास क्षेत्रमा बसोबास गर्ने विभिन्न जनजाति (आठपहरिया राई, लिम्बू, मेचे, धिमाल, आदि)को भेषभूषा, भाडाकुँडा, हातहतियार, बाजागाजा एवम् रहनसहनका विविध सामाग्रीहरूको अनुपम संकलन रहेको छ । 


 
हिलेबजार     

(हिलेबजार चोकमा रहेको तोङ्गबाको प्रतिमा, हिले बजार, हिलेको गुम्बा)
समुन्द्री सतहबाट करिब १९५० मिटर उचाइमा अवस्थित हिलेबजार धनकुटा नगरपालिका वडा नं. १ मा अवस्थित छ । कोशी राजमार्ग हिले बजार बाट अघि बढेर तेह्रथुम तर्फ गएको छ भने भोजपुर जाने सडक पनि यहाँबाटै छुट्टिएको छ । हिले व्यापारिक केन्द्र पनि हो । यहाँ पर्यटकहरुकालागि सुविधाजनक होटेल, लजहरु उपलब्ध छन् । वर्षै भरी चिसो हावापानी रहने हिलेमा चिसो वातावरणमा रमाउन चाहने मानिसहरू वर्षै भरी आइरहन्छन् । पारखीहरुकालागि हिलेको “तोङवा” र सुकुटी प्रसिद्ध छ । यहाँ एउटा आकर्षक बौद्ध गुम्बा पनि छ ।